मन्त्रिपरिषद बैठकः २० देशमा राजदूत नियुक्तिको सिफारिस

२०७८ चैत २४ बिहीबार १९:३०:०० मा प्रकाशित

काठमाडौं । सरकारले २० देशमा रिक्त राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको जानकारी दिए ।

 स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएपछि सरकारले त्यसको एकदिनअघि राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा रामसुरज राय यादब (डेनमार्क), नवराज सुवेदी (साउदी अरब), नरेशविक्रम ढकाल राजदूतमा सिफारिस भएका छन् । 

परराष्ट्र सेवातर्फबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी राजदूतमा सिफारिस भएका छन् ।


 

ताजा खबर