कानुनमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

२०७८ चैत २४ बिहीबार १५:०१:०० मा प्रकाशित

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए ।


 

ताजा खबर