यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद गठन

२०७८ चैत २४ बिहीबार १४:२३:०० मा प्रकाशित

यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उनले उच्चस्तरीय परिषद् गठन गरेका हुन् ।

साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन् । साउदी अरब आफूहरुको मुख्य सत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरुले बताएका छन् ।

यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरुले मुख्य सत्रु मान्ने गरेका हुन् । सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ ।

यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबीच संघर्ष चल्दै आएको छ । विश्लेषकहरुले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन् । उनले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्वगृहमन्त्री तथा उनकै सल्लाहकार रशद अल अलिमिले गरेका छन् ।


 

ताजा खबर