कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, उद्योग मन्त्रालयको जिम्मेवारी बडूलाई

२०७८ चैत २४ बिहीबार १२:५५:०० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्री नियुक्त गरेकी हुन् । बन्दी गैरसांसद हुन्।

संविधानअनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ । अहिलेका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकिएको छ।

ताजा खबर