भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला

२०७८ चैत २३ बुधबार १९:५४:०० मा प्रकाशित

भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरियन्टको पहिलो सङ्क्रमित फेला परेका छन् । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो ।

यो नयाँ भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ ।
 

ताजा खबर