केन्द्रले गठबन्धन गर्दा हस्तक्षेप गरे सत्ता गठबन्धन अप्ठ्यारोमा पर्छः कोइराला

२०७८ चैत २३ बुधबार ११:५८:०० मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय आवश्यकताको आधारमा चुनावी गठबन्धन हुने बताएका हुन् ।

उनले भने ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । केन्द्रबाटै गर्न खोजे विद्रोह हुन्छ ।’ उनले केन्द्रले गठबन्धन गर्दा हस्तक्षेप गरे सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्ने समेत बताए ।

भागबण्डाको राजनीति नगर्ने भन्दै कोइरालाले सभापतिले न्यायोचित ढंगले सबैलाई समेट्नुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले तत्काल उम्मेदवार छनोट रोक्न गरेको परिपत्रको विषयमा आफूलाई थाहा नभएको बताए । उनले नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाइएको संयन्त्र ठीक भएको बताए

 

ताजा खबर