एकलाख घुससहित ललितपुरबाट अमिन पक्राउ

२०७८ चैत २२ मंगलबार २१:५३:०० मा प्रकाशित

काठमाडौं । ललितपुरबाट सर्भेक्षक र अमिन घुससहित पक्राउ परेका छन् । नापी कार्यालय चावहिल अन्तरगतको १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्ट एक लाख घुससहित पक्राउ परेका हुन् ।

जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा खबर