सर्वोच्चद्वारा राखेपका पूर्व सदस्य सचिव सिलवालको रिट खारेज

२०७८ चैत २२ मंगलबार १७:२१:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव रमेश सिलवालले दर्ता गराएको रिट खारेज गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सदस्य सचिव सिलवाललाई हटाएर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सर्वोच्चले सिलवालको रिट खारेज गरेसँगै घिसिङलाई काम गर्न बाटो खुलेको छ । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव घिसिङले काम गर्न पाएका थिएनन् ।

ताजा खबर