भक्तपुरबाट भालुको पित्त र कस्तुरीको विनासहित तीनजना पक्राउ

२०७८ चैत २२ मंगलबार १६:०८:०० मा प्रकाशित

काठमाडौं । कस्तुरीको विना र भालुको पित्तसहित भक्तपुरबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ मनोहरा नयाँबस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरू मध्यपुरथिमी नगरपालिका–१ का ४७ वर्षीय छत्रबहादुर बेगा, जुम्ला सिंजा गाउँपालिका–६ काडागाँउ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा क्षेत्री र पाँचथर याङवरक गाँउपालिका–२ तिनतिम्बो घर भई हाल काठमाडौं जोरपाटी नयाँबस्ती बस्ने ४६ वर्षीय लोकेन्द्र बेगा छन् ।

उनीहरूको साथबाट कस्तुरीको विना जस्तो देखिने बास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने पाँच थान वस्तु बरामद गरिएको महाशाखाले जनाएको छ ।
 

ताजा खबर