निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाइएको बैठकमा विवाद

२०७८ चैत २२ मंगलबार १२:४८:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा नाराबाजी भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलबारको छलफलमा नेताहरुले नाराबाजी गरेका हुन् ।

आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलका नेताहरुले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो । आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।

ताजा खबर