प्रमुख कार्यकारी पदमा नदोहोरिने हङकङकी नेतृ क्यारी लामको घोषणा

२०७८ चैत २२ मंगलबार ०८:५३:०० मा प्रकाशित

हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेकी छन् । विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उनले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गरेकी हुन् ।

उनी हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उनीमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो । ६४ वर्षीया लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएको मानिन्छ ।

आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उनले बताइन् । हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो मे महिनामा नयाँ नेता चयन गर्नेछन् ।
 

ताजा खबर