बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार

२०७८ चैत २१ सोमबार २२:२४:०० मा प्रकाशित

काठमाडौ । काठमाडौंको बूढानिलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोक तातोपानी घर भई हाल जिल्ला काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ४५ वर्षीया पेमा शेर्पाको उद्धार गरिएको हो ।

सुरुमा प्रहरीलाई उनी घरबाट हराएको मौखिक सूचना प्राप्त भएको थियो । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा उनी इनारभित्र अचेत अवस्थामा देखिएकी थिइन् ।

पछि प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाको टोली उद्धारका लागि पुगेको थियो । उद्धारपछि उनलाई उपचारका लागि बूढानीलकण्ठकै करुणा अस्पतालमा पठाइएको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर