नेपालद्वारा पिएनजीलाई १ सय ६९ रनको लक्ष्य

२०७८ चैत २१ सोमबार १४:१३:०० मा प्रकाशित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर नटआउट रहे । बलिङतर्फ सेमो कमिआले तीन तथा चाड सोपर, काबुआ मोरी र रिले हेकुरेले समान एक–एक विकेट लिए ।
 

ताजा खबर