भूमध्यसागरमा डुङ्गा दुर्घटनामा परी ९० भन्दाबढी आप्रवासीको मृत्यु

२०७८ चैत २१ सोमबार १३:१४:०० मा प्रकाशित

लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी ९० भन्दा बढी आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले भूमध्यसागरमा डुंगा दुर्घटनामा ९० भन्दा बढी आप्रवासीको मृत्यु भएको बताएका छन् ।

आप्रवासीहरू बोकेको भीडभाड भएको डुङ्गाले धेरै दिन अघि लिबिया छोडेको थियो । सहायता समूहले रोम र माल्टाका समन्वय केन्द्रहरूलाई जीवित आप्रवासीहरूका लागि सुरक्षित स्थान तोक्न आग्रह गरेको छ।

युरो–मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले यस वर्षको शुरुमा आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२० मा १,४०१ आप्रवासीको तुलनामा २०२१ मा लगभग १,८६४ आप्रवासीको मृत्यु वा बेपत्ता भएको बताएको थियो ।

हालैका वर्षहरूमा, इयु, अफ्रिका र मध्य पूर्वमा गरिबी र युद्धबाट भागेर भूमध्यसागर पार गर्ने प्रयास गर्दा उत्पन्न आप्रवासन सङ्कटसँग संघर्ष गरिरहेको छ। समुन्द्रमा अलपत्र परेका आप्रवासीहरुलाई उद्धार गरी युरोप ल्याउने प्रयासमा धेरै संघसंस्था र मानवअधिकारवादी समूहहरु लागेका छन् ।

ताजा खबर