जसपालाई कुनै छलछाम नगर्न गठबन्धनलाई बाबुरामको चेतावनी

२०७८ चैत २१ सोमबार ०९:१२:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत भट्टराईले स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न । गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं!’
 

ताजा खबर