भरतपुरमा मेयर पद नपाए एक्लै निर्वाचनमा जाने कांग्रेस चितवनको निर्णय

२०७८ चैत २० आइतबार २०:३४:०० मा प्रकाशित

चितवन । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पाउनु पर्ने अडान राखेको छ । आइतबार बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले महानगरको हकमा भने मेयर पद नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने र अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् ।

भरतपुरको मेयर पदमा सत्तारूढ नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ । अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन कांग्रेसले नै सहयोग गरेको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्वसांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, महानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्थिति रहेको थियोे ।


 

ताजा खबर