तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

२०७८ चैत २० आइतबार २०:१५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका छन् । नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा स्वदेश फर्केका हुन् ।

उनले भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता समेत गरेका थिए । देउवाले भारतमा रहँदा विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए।

ताजा खबर