पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

२०७८ चैत २० आइतबार १३:४६:०० मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका छन् । आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ ।

अविश्वास प्रस्ताव राखेज भएसँगै संसद बैठक पनि स्थगित गरिएको छ । ३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ । अप्रिल २५ सम्म नेसनल एसेम्ब्लीको बैठक स्थगित गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री खान उपस्थित थिएनन् । यसैबीच प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । पिटिभीका अनुसार आजै खानले संसद विघटन गर्न राष्ट्रपतिलाई लिखित सिफारिस गरेका हुन् । राष्ट्रका नाममा सम्बोधन गर्दै खानले अब प्रजातान्त्रिक तरिकाबाट चुनाव हुने बताएका छन्। उनले आफूविरूद्ध भइरहेका सबै षडयन्त्र आज असफल भएको दाबी गरेका छन्।

ताजा खबर