माधव नेपालसहित १४ सांसद विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२०७८ चैत २० आइतबार १२:१४:०० मा प्रकाशित

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । यसअघि फागुन २९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि आइतबारका लागि मिति तोकेको थियो ।

२० गते सुनुवाइ सकिएसँगै अदालतले यसमा फैसला सुनाउनेछ। एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।

पटकपटक सर्दै आएको रिटमा आइतबार फैसलामा जानेगरीआज अन्तिम सुनुवाइ हुनेछ। सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

ताजा खबर