श्रीलङ्कामा सङ्कटकालपछि सामाजिक सञ्जाल पनि बन्द

२०७८ चैत २० आइतबार ११:३८:०० मा प्रकाशित

खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जाल पनि बन्द गरेको छ । हिंसा भड्किएपछि सरकारले ३६ घण्टाका लागि कर्फ्यू घोषणा गरेको छ ।

राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउनेगरी निषेधाज्ञा जारी गरेका हुन् । फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल पनि खोल्न नसकिने बनाइएको छ ।

ह्वाट्स्याप पनि खुलेको छैन। मोबाइल फोन प्रयोगकर्ताले दूरसञ्चार नियामक आयोगको निर्देशनमा भन्ने सन्देश पाएका छन् । बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोधप्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । त्यहाँ अहिले सङ्कटकाल घोषणा गरिएको छ । अहिले सेनाले बिनापक्राउपुर्जी सन्दिग्ध व्यक्तिहरूलाई समात्न सक्छ ।

ताजा खबर