निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

२०७८ चैत १९ शनिबार २१:२९:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति जुटेको छ । निगमले पेट्रोलियम व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि तय भएको आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले शनिबार साँझ भएको वार्तामा दुई पक्षबीच सहमति भएको जानकारी दिए । कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए । ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएका थिए ।

ताजा खबर