नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

२०७८ चैत १९ शनिबार १३:५३:०० मा प्रकाशित

काठमाडौं । नेपाल र भारत बीच चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ती सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएलगत्तै दुई देशको प्रतिनिधिमण्डलको छलफलपछि ती सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल वे सम्बन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

ताजा खबर