हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

२०७८ चैत १९ शनिबार ११:५८:०० मा प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको हो ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका थिए । शुक्रबार नै भारतीय विदेशमन्त्री यश जयशंकरसँग भेटवार्ता गरेका थिए।

 

ताजा खबर