कांग्रेस निर्वाचन प्रचार प्रसार समिति विस्तार

२०७८ चैत १८ शुक्रबार २०:२७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार थप सदस्यहरु नियुक्त गरेका हुन् ।

यसअघि कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको थियो ।

ताजा खबर