प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

२०७८ चैत १८ शुक्रबार १९:५४:०० मा प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार नयाँ दिल्लीस्थित आईटीसी मौर्य होटलमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवासँग आजै भारतका सुरक्षा सल्लाहकार अजित डोभालले भेट्ने कार्यक्रम छ। त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भने शनिबार मात्रै भेटवार्ता हुनेछ। त्यसपछि आइतबार बनारसको भ्रमण गरि प्रधानमन्त्री सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो प्रधानमन्त्री भारत प्रस्थान गरेका थिए ।

ताजा खबर