विपदमा सूचना पाउन एप्लिकेशन 

२०७४ पौष १६ आइतबार १६:१७:०० मा प्रकाशित

कञ्चनपुर, १६ पाैष । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विपद्का सूचना आदानप्रदान गर्न मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत दोस्रो चरणमा मोबाइल एप्लिकेशन तयार गरिएको हो । यसअघि विपद्का सूचना आदानप्रदानका लागि पोकेट डायरी लेखिएका फोन नंमा फोन गरी सूचना आदानप्रदानको कार्य गरिँदै आएको थियो । 
विपद् जोखिम क्षेत्रमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन डायरीको सट्टा एप्लिकेशन सञ्चालनमा ल्याइएको हो ।मर्सिकोरका संयोजक सरोज ठाकुरले विपद्का सूचनाको प्रभावकारी आदानप्रदानका लागि मोबाइल एप्लिकेशन तयार गरिएको जानकारी दिए। 
पूर्वसूचना प्रणालीअन्तर्गत पोकेट डायरीबाट सूचना आदानप्रदान गर्दैै आएका थियौँ उनले भने, “डायरी नहेरी सूचना आदानप्रदान गर्न मिल्ने गरी एप्लिकेशन बनाएका छाैँ, यो सजिलो र सहज छ ।” 
उनका अनुसार इडब्लुएस कञ्चनपुर अपलोड गरी एक पटक मोबाइलमा डाउनलोड गरेर राखेपछि इन्टरनेटबिना एप्लिकेशन प्रयोगमा ल्याउन सकिने छ । 
एप्लिकेशनमा पूर्वसूचना प्रणालीअन्तर्गत विभिन्न स्थानमा कार्यरत स्वयंसेवक, सरकारी तथा गैरसरकारी निकायका नाम र नम्बर तथा विपद्सम्बन्धी जानकारी राखिएका छन् । रासस

ताजा खबर