प्रधानमन्त्री देउवा दिल्लीमा

२०७८ चैत १८ शुक्रबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली पुगेका छन् । शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले देउवाको स्वागत गरेका छन् । प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएका हुन् ।

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै उनी सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा समेत जाने तालिका छ। 
 

ताजा खबर