बढुवा भएका तीनै एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

२०७८ चैत १७ बिहीबार १६:४३:०० मा प्रकाशित

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह लगाएका हुन् । सरकारले आजै उनीहरुलाई डीआइजीबाट एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

ताजा खबर