नेपाल त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको फाइनलमा

२०७८ चैत १७ बिहीबार १६:२६:०० मा प्रकाशित

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले पराजित छ । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए ।

करणले तीन ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामी र अविनाश बोहराले दुई/दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए ।

यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका कबुआ मोरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नोरमन भानुआ र नोसइना पोकनाले एक/एक विकेट लिए ।

ताजा खबर