चुनावमा गठबन्धन दल एकतावद्ध भएर अगाडि बढ्छौंः प्रधानमन्त्री

२०७८ चैत १७ बिहीबार ११:४६:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् ।

‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।

चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको उने बताए । उनले सफल र स्वतन्त्र चुनावका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।


 

ताजा खबर