चुनावी तालमेलका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ चैत १७ बिहीबार ०८:२७:०० मा प्रकाशित

काठमाडौं । चुनावी तालमेलका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गर्ने तयारीमा छन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठकले तालमेल गर्ने निर्णय गरेपनि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र भने तालमेलको विषयमा विवाद कायमै छ । पार्टीसभापति तालमेलको पक्षमा भएपनि शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ ।

ताजा खबर