पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

२०७८ चैत १६ बुधबार ०७:२६:०० मा प्रकाशित

काठमाडौँ । पोर्चुगल र पोल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । नर्थ मेसेडोनियाले यसअगाडि इटालीलाई पराजित गरेको थियो । नर्थ मेसेडोनियासँगको हारसँगै विश्वविजेता इटाली विश्वकप छनोट चरणबाटै बाहिरिएको थियो ।

पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे । अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् । साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको हो ।
 

ताजा खबर