दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको केजरीवालको दावी

२०७८ चैत १५ मंगलबार २१:३३:०० मा प्रकाशित

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे । स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ ।”

“यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ ।” उनले भने ।

‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उनले बताए । दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२–२३ का लागि ७५.८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । गत वर्षको बजेट ६९ करोड रूपैँयाको थियो ।

ताजा खबर