स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

२०७८ चैत १५ मंगलबार १८:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनले पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको बताए । उनले भने,‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ । त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ ।’

त्यस्तै, बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

ताजा खबर