यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

२०७८ चैत १५ मंगलबार १६:१५:०० मा प्रकाशित

काठमाडौं । सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । कतारको राजधानी दोहामा हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको छ ।

यस्तै, बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र चीनबीच ग्रीड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

ताजा खबर