जिल्ला अदालतको आदेशविरुद्ध पलद्वारा उच्च अदालतमा निवेदन

२०७८ चैत १५ मंगलबार १४:४४:०० मा प्रकाशित

पोखरा । एक नाबालिकालाई करणी गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पक्षका लागि थुनामा रहेका पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । पलका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् ।

तनहुँ जिल्ला अदालतको चैत १ को आदेशले पल शाहलाई पूर्पक्षका लागि जेल चलान गरेको थियो । उक्त आदेश खारेज गरिपाउँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ ।


 

ताजा खबर