नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मललगायतका विषयमा छलफल

२०७८ चैत १५ मंगलबार १३:१०:०० मा प्रकाशित

काठमाडौँ । श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको परराष्ट्रमन्त्री खड्का र विदेशमन्त्री जयशंकरबीच मंगलबार साइडलाइन भेटवार्ता भएको हो ।

आफूहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । त्यसैगरी उनले रामायण सर्किटलाई अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

 

 

बिम्सटेक बैठक के दौरान नेपाल के विदेश मंत्री नारायण खड़का से मुलाकात करके अच्छा लगा।

कनेक्टिविटी, ऊर्जा, उर्वरक, स्वास्थ्य और बिजली में आपसी सहयोग पर चर्चा की।

रामायण सर्किट की प्रगति पर ध्यान देने पर सहमति बनी। https://t.co/wKPHZVZ3G1

— Dr. S. Jaishankar (@DrSJaishankar) March 29, 2022

 

ताजा खबर