धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु

२०७८ चैत १४ सोमबार २२:३९:०० मा प्रकाशित

जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ । सवैलाको वडा नम्बर १२ रघुनाथपुरको नहरचोकदेखि बरकुर्वाको बीच सडकखण्डमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुने चारै जना बालक रहेका छन् । मृत्यु हुनेमा चारै जना सबैला वडा २ बस्ने बालकहरु रहेका छन् । वर्ष १२ कन लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ का बौका यादव छन् । साथै दुर्घटनामा परि सोही वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।

ताजा खबर