मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

२०७८ चैत १४ सोमबार १९:४२:०० मा प्रकाशित

मध्य मेक्सिकोमा एक जमघटमा गोली चल्दा कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका जानकारी दिएको छ ।

उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ । मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणमा घाइते भएका अन्य दर्जनौँ मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन् ।

ताजा खबर