वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार

२०७८ चैत १४ सोमबार १५:००:०० मा प्रकाशित

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो ।

अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको जानकारी दिए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए ।

त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए ।

ताजा खबर