बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

२०७८ चैत १४ सोमबार १३:३९:०० मा प्रकाशित

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

ताजा खबर