तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार

२०७८ चैत १४ सोमबार ०८:१५:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएका छन् । स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा जेलेन्स्कीको यस्तो भनाई आएको हो ।

पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताएका थिए । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ ।

युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ । तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए । जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताएका छन्।
 

ताजा खबर