शाखा अधिकृतको परीक्षा फेरि स्थगित

२०७८ चैत १३ आइतबार २०:४१:०० मा प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो ।

शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो । त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो ।

 

ताजा खबर