अमेरिकाले इरानको रिभोलुसनरी गार्डमाथिको प्रतिबन्ध नहटाउने

२०७८ चैत १३ आइतबार १६:१३:०० मा प्रकाशित

अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भएपनि इरानको रिभोलुसनरी गार्डमाथि प्रतिबन्ध भने कायम राख्ने बताएकोछ । अमेरिकी विशेष दूत रोबर्ट मालीले रिभोलुसनरी गार्डमाथि प्रतिबन्ध नहट्ने बताएका हुन् ।

इरानले रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई अमेरिकी आतङ्कवादी सूचीबाट हटाउने पुनर्जीवित आणविक सम्झौताको हिस्सा भएकोमा जोड दिएको जनाइएको छ ।

तर इरानका लागि अमेरिकी राजदूत मालीले कतारको राजधानी दोहामा भएको सम्मेलनमा भने,‘आईआरजीसीलाई अमेरिकी कानून अनुसार प्रतिबन्ध लगाइनेछ र आईआरजीसीप्रतिको हाम्रो धारणा कायम रहनेछ।’
 

ताजा खबर