एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या

२०७८ चैत १३ आइतबार १५:५३:०० मा प्रकाशित

एल साल्भाडोरमा शनिबार एकैदिन ६२ जनाको हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसदहरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् ।

प्रहरीले भनेको छ, ‘हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं।’
 

ताजा खबर