चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

२०७८ चैत १३ आइतबार १५:०७:०० मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फर्किएका छन् । नेपालको त्रिदिवसीय भ्रमण सकेर विदेशमन्त्री वाङ आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।

विदेशमन्त्री वाङ शुक्रबार नेपाल आएका थिए । चिनियाँ विदेशमन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै शनिबार वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । त्यही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

ताजा खबर