प्रचण्ड र ओलीसँग चिनियाँ विदेशमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

२०७८ चैत १३ आइतबार १२:४०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्री वाङ यीबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । आइत्बार विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् ।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभागका प्रमुख राजन भट्टराईसहितको टोलीसमेत सहभागी थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष प्रचण्डसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेको हो ।

 

ताजा खबर