राष्ट्रपति र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

२०७८ चैत १३ आइतबार ०९:४६:०० मा प्रकाशित

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ आइतबार बिहान शीतल निवासमा पुगेका थिए ।

वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

ताजा खबर