नेपाल-चीन द्विपक्षीय वार्तापछि विभिन्न ९ समझदारीपत्रमा हस्ताक्षर

२०७८ चैत १२ शनिबार १८:१२:०० मा प्रकाशित

काठमाडौं । नेपाल–चीनको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारी भएको छ । शनिबार सिंहदरबारमा शनिवार नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक भएको थियो । द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी खोप हस्तान्तरण, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण लगायतको विषयमा पनि हस्ताक्षर भएको छ ।

त्यस्तै काठमाडौं–केरुङ रेलमार्गको अध्ययनसम्बन्धि समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको थियो ।

ताजा खबर