एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी

२०७८ चैत १२ शनिबार १६:३८:०० मा प्रकाशित

युक्रेनको जलसेनाले बेर्द्यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ । उक्त क्षेत्रमा रुसले कब्जा गरेको छ । सामाजिक सञ्जालमा प्रेषित भिडियोमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिन्छ । उक्त पानीजहाजमा के कारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई शक्तिशाली धक्का दिएको दाबी गरेका छन् । उनले युक्रेनमा आक्रमण सुरु भएयता १६ हजार रुसी सेनाले ज्यान गुमाएका दाबी गरे पनि रुसले आफ्ना १ हजार ३५१ सैनिकको मृत्यु भएको बताएको छ ।
 

ताजा खबर